२१८
Sharesधुनिवेशी। धादिङको धुनिवेशी नगरपालिकामा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम समापन भएको छ।
धुनिवेशी नगरपालिकाको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम आज शुक्रबार सम्पन्न गरिएको हो।
कार्यक्रम संयोजक माधव प्रसाद लुइटेलले संचालन गर्नु भएको कार्यक्रम नगरपालिकाको लेखा शाखा प्रमुख गोविन्द प्रसाद पौडेल र अजित यादवले सम्पत्ति शुद्दीकरण निवारणको कानुनी तथा संस्थागत व्यवस्था र COPOMIS सम्बन्धी प्रशिक्षण दिनु भएको थियो।
धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा धुनिबेशी नगर सहकारी संस्थाका अध्यक्ष बासु बास्कोटा ,वडा नं. ८ का वडा सदस्य राजकुमार भण्डारी बिभिन्न सहकारीका पदाधिकारि हरुको उपस्तिती रहेको थियो। उक्त कोपोमिस सञ्चालन सम्वन्धी तालिम धुनिवेशी-७, स्थित मच्छिन्द्र बहूमुखी क्याम्पसको सभा हलमा भएको थियो ।