FLASH NEWS

भुवनेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ फागुन २, मंगलबार (२ साल अघि)
  • २२९

    Shares

भुवनेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव  विभिन्न कार्यक्रम गरी मनाइयो

धुनिबेशी नगरपालिका वडा नं ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बाशुदेव बास्कोटाको सभापतित्व तथा बागमती प्रदेशका संसद मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथी समेत रहनुभएका संसद श्रेष्ठले विद्यालयको ६३ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुदैँ विद्यालयलाई आफुले गर्न सक्ने सहयोग गर्ने बताउनु भएको छ ।

त्यस्तै धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले भुवनेश्वरी माध्यमिक विद्यालयले शिक्षा, खेल लगायत विभिन्न विधामा राम्रो नतिजा ल्याउन सफल भएकोमा शुभकामना दिदै अझ उत्कृष्ट नतिजा ल्याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा धुनिबेशी नगरपालिका शिक्षा शाखाका प्रमुख सुजन राज खनाल बिभिन्न विद्यालयका प्र अहरु, वडा अध्यक्षहरु ,सदस्य हरु, अभिभावक विद्यार्थीहरु समाजसेवी लगाएत उपस्थित रहेका थिए।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस