कालीमाटी फलफूल तथा बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २८० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १८० रुपैयाँ रहेको छ ।
यसैगरी अदुवाको १००, अनारको ३५०, अमलाको ७०, अम्बाको १२० रुपैयाँ अधिकतम मूल्य रहेको छ । यसैगरी आलु सेतोको २०, उखुको ९०, काउली तराईको २०, काउली स्थानीयको २०, हरियो खुर्सानी अकबरेको ३०० रुपैयाँ अधिकतम मूल्य रहेको छ ।