२९०
Sharesराष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशनले राजाराम डंगोलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । तेस्रो अधिवेशनले डंगोलको अध्यक्षतामा २३ जना कार्य समिती चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रजनी लामा, प्रथम उपाध्यक्षमा राजाराम खकुराल, महिला उपाध्यक्षमा दुर्गा विडारी, उपाध्यक्षमा रवी भट्टराई,इन्द्र मगर, एम जी तामाङ चयन भएका छन् । त्यस्तै सचिवमा यशोधा विडारी, सह–सचिवमा नवराज काप्री,देबि सिटौला, कोषाध्यक्षमा दशरथ डंगोल, सह–कोषाध्यक्ष माया लामा चयन भएका छन् । सदस्यहरुमा असोक रोज रेग्मी, किसन बिनायक, दिपेन्द्र कुलु, दिपक खड्का, बिपना अधिकारी, भगवती थापा, सीता सुवेदी, सुमन बि.टि, दिपक बराल, आँसु थापा मगर रहेका छन् । त्यसैगरी राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको प्रवक्तामा विकास घिमिरेलाई चयन गरिएको छ ।
पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन निबर्तमान अध्यक्ष रुपक परियारको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जंग शाह ,विशिस्ट अतिथिमा अमृत खाती ,उमा श्रेष्ट, सोभा पाठक ,सुरेस आचार्य ,
धुनिबेशी ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी, ६ का रमेश आचार्य ,निलम पन्त , तेस्तै राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका महासचिब मान बहादुर तामाङ , सचिब प्रतिमा अर्याल ,नुवाकोट का अध्यक्ष दिनेश तामाङ , सचिब कारण तामांग ,काठमाण्डौ का महिला उपाध्यक्ष पार्वती बानिया , थाक्रे ११ का पन्चे बाजा समूह लगाएत बिभिन्न विधाका कलाकर्मी हरुको सहभागिता रहेको कार्यक्रममा बिबिध सास्कृतिक कार्यकम पनि भएको थियो।