७८
Sharesधादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी निमार्णका रवि पछाडीका खम्बा डोलप्रसाद (डीपी) अर्याल जव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने तव नेपाली मुलधारका केहि मिडियामा अफवाह फैनले गरि समाचार बने,त्यसको खण्डन गर्न स्वयम् उनी वाध्य बने ।
डीपी अर्याल दैनिक १२ देखि १८ घण्टा सम्म खटेर काम गर्ने श्रम सँग जोडिएका व्यक्ति हुन् । धादिङमा निम्न परिवारमा जन्मिएका उनको शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेको अनुभव छ ।प्रशासनिक क्षेत्रमा राम्रो दख्खल सावित गर्न सफल श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सचिव एकनारायण अर्याल र मन्त्री डीपी अर्याल बीचको मेलले साच्चै यो मन्त्रालयले विभिन्न चुनौतीहरुलाई पन्छाउँदै उत्कृष्ट कार्य गर्न सक्ने देखिन्छ।
एउटा कठिन समयमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन र उक्त पार्टीको सेकेण्ड म्यानको रुपमा रहँदै गर्दा जनताको जुन मायाँ रास्वपाले पायो त्यसको भागीदार उनी नहुने कुरैभएन उनले आफ्नो सफल व्यवसायीक करिअरलाई थाती राख्दै रास्वपालाई यस स्थानमा ल्याउन जुन भुमिका खेले त्यसैको उपलब्धीका रुपमा उनी श्रम मन्त्रीको जिम्मेवारीमा पुगेको नकार्न सकिँदैन।
वि.स. २०३२ सालमा धादिङ जिल्ला साबिकको मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकाका अर्याल एक सामान्य गरिब परिवारमा जन्मिएका अर्याल २०४९ सालपछि मात्रै काठमाडौँमा प्रवेश गरेका हुन् । रोजगारीका लागि काठमाडौं प्रवेश गरे सँगै रेस्टुरेन्टमा सामान्य मजदुरबाट आफ्नो करियरको सुरुवात गरेका उनीले इजिलिंक रेमिटेन्सको सिईओसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् । २०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगेका अर्यालले जापानमा करिब २ वर्ष विताएर फर्किएपछि पर्यटन पेसामा होमिए ।अर्यालले सोही समयमा पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरी सक्रिय भएका थिए।
जापाबाट फर्किए लग्गतै उनले सुमिरे टुर्स एण्ड ट्राभल्स,योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने,वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन् । करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय छन् भने करिब १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन्।
व्यवसायीक सफलता सँगै सामाजिक काममा पनि देखिँदै आएका डीपी अर्यालले कालिकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोरोनाको समयमा अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा उनले सक्रियता देखाएका थिए।
जनसागर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष भई काम गरिसकेका अर्याल सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कूल र योकोहामा जापानिज ल्याङग्वेज एकेडेमीमा निर्देशक भई काम गरिसकेका छन् ।अर्याल आफै पनि वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्ति भएका कारण वैदेशिक रोजगारीको दुख र समस्यासँग जानकार व्यक्ति हुन्।
धादिङपोष्ट सँग कुरा गर्दै उनी भन्छन्,म श्रममा विश्वास गर्ने मान्छे हुँ।बाहिर कुन हल्ला, कसरी चल्दैछ र चलाईदै छ त्यो आफ्ना लागि गौण हो ।पार्टीले श्रममन्त्रीको जिम्मेवारी दिएपछि आफूमाथि थप जिम्मेवारी थपिएको छ,स्वदेशी तथा विदेशमा रहेका श्रमिकको पक्षमा काम गरेर देखाउँछु त्यसका लागि केहि समय धैर्य गरौं।