४७
Sharesनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कूटनीतिक सम्बन्धलाई ध्यानमा राखेर सरकार चल्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज नेकपा एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने बताउनुभयो ।
उहाँले तनावरहित राष्ट्रको हित, सीमा सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विकासका लागि अनुकूल वातावरण बनाइने, निर्यातलाई जोड दिई रोजगारीलाई प्रवद्र्धन गरिने, प्रविधिको प्रयोग गरी उत्पादनमा वृद्धि गरिने पनि बताउनुभयो ।