५२३
Sharesधादिङको सिद्धलेक गाउँपालिका ६ परेवाटारमा माघ ८ देखी १६ गतेसम्म श्रीमद भागवत सप्ताह महायज्ञ एवं परेवाटार धार्मिक महोत्सव हुने भएको छ ।
लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर, चण्डिकादेवी एवं विशाल धर्मशाला निर्माण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले बताउनु भयो ।
विश्व भागवत घाम कोष नेपाल सिद्धलेक ६ कुम्पुर, परेवाटार, घादिङको आयोजनामा हुने महायज्ञको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले आफैले गर्ने छन् भने उहा प्रमुख संरक्षक पनि हुन् ।
श्रीमद भागवत सप्ताह महायज्ञ कार्यक्रम स्वरुपमा
महायज्ञको पहिलो दिन माघ ८ गते विहान ९ बजे कलश यात्रा तथा दिउँसो १ बजे उद्घाटन हुने ।
माघ १५ गते अपरान्ह ४ बजे श्रीमद्भागवतमा तील अर्पण,
माघ १६ गते अभिषेक, पूर्णाहुती शान्ति कलश वितरण दाता
महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजा तथा पाठ पारायण हवन,
प्रत्येक दिन विहान १० बजे देखि ५ बजेसम्म संगितमय श्रीमद् भागवत कथा वाचन सहित दाता सम्मान,
प्रत्येक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा भजन कृतन र झाँकी प्रदर्शन रहने बालतपस्वी पण्डित उत्तम भट्टले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।