९४
Sharesपोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको शाेकमा सरकारले भोलि साेमबार सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
आइतबार बसेकाे मन्त्रीपरिषदकाे अाकस्मिक बैठकले दुर्घटनाको शाेकमा सोमबार शोक बिदा दिने निर्णय गरेको अर्थ मन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयो ।
चालक दलका ४ जना र ६८ जना यात्रुसहित काठमाडाैँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमानमा १५ जना विदेशी र बाँकी नेपाली रहेको यती एयरलाइन्सले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार दुर्घटनास्थलबाट यो खबर तयार पार्दा सम्म ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।