FLASH NEWS

थाक्रे १० मा गाउँपालिकाको महिला सशक्तिकरण परियोजनाको समिक्षा कार्यक्रम गरियो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष २४, आईतबार (१ साल अघि)
  • ४६३

    Shares

थाक्रे १० मा गाउँपालिकाको महिला सशक्तिकरण परियोजनाको समिक्षा कार्यक्रम गरियो

थाक्रे।    थाक्रे गाउँपालिकाले पालिकामा सञ्चालन गरिरहेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको पहिलो चरणको कार्यक्रमको समिक्षा तथा दोश्रो चरणको कार्ययोजना तर्जुमा सम्वन्धि वडा स्तरिय अन्तरकृया कार्यक्रमको आज थाक्रे १० मा सम्पन्न गरेको छ ।

पालिका भित्रका महिलालाई समुहमा आवद्ध गराउँदै सम्बृद्ध थाक्रे बानाउ साथै विकास निमार्ण जोड्ने र पालिकाले सञ्चालन गरेका सामाजिक सामुदायिक कृयाकलापहरुलाई थप प्रभावकारी बनाई जनअपेक्षा अनुसार दिगो विकासका लागि महिला सशक्तिकरण परियोजना सञ्चालन गरेको पालिकाले जनाएको छ ।
थाक्रे गाउँपालिका वडा नं १० को वडा कार्यलयमा आज आयोजित अन्तरकृया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले पालिकाले वार्षिक रुपमा तय गर्ने निति तथा कार्यक्रम र विनियोजन गर्ने बजेटको प्रभावकारी कार्यन्वयनका लागि महिला समुहले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार अन्य क्षेत्रको विकासका लागि समेत समुहले सकृयतापुर्वक सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।
परियोजनाको सुरुवात गर्दा पालिकाले किन समुहमा आधारित परियोजना सञ्चालन गर्नु पर्यो भन्नेमा प्रश्न उठेको बताउँदै हाल ति सव प्रश्नको उत्तर महिलासमुहले काम मार्फत दिएको बताउनु भयो ।
पालिकाले सञ्चालन गरेका दिर्घकालिन महत्वका परियोजनाहरुले तत्काल प्रतिफल नदिने भएपनि गाउँपालिकाको समग्र विकासका सुचकाङ्कमा सकारात्मक प्रभाव पर्ने भएकाले नागरिकले त्यसको महत्व बुज्नु पर्ने बताउनु भयो ।गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले देशको संघिय संरचना अन्तर्गतको स्थानिय सरकार आफ्नै आँगनको सरकार भएको नागरिकका हरेक दुःख, पिर मर्का एवं समस्याहरु तत्काल समाधान गर्न स्थायिन सरकार सक्षम भएकोले नागरिकलाई कुनै पनि समस्या आईपरेमा वडा तथा गाउँपालिकामा सम्पर्क गर्न समेत आग्रह गर्नुभयो ।

अन्तरकृया कार्यक्रममा गाउँपालिकाका पुर्व उपाध्यक्ष तथा पहिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाका परिकल्पनाकार अम्बिका रुपाखेतीले विभिन्न चुनौतिहरुका विच परियोजनाले महिला समुह केन्द्रित कृयाकलपहरु सञ्चालन गरिरहेको बताउँदै महिलाको आर्थिक सवलिकरणका अलावा मनो सामाजिक विमर्स लागएत विभिन्न गतिविधि मार्फत महिलाहरुलाई विकासको मुल प्रवाहमा जोड्न परियोजनाले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । साथै परियोजना के हो यसले केके काम हरु गरिरहेको छ र भोलिका दिन हरुमा अझ यसलाई प्रभाब कारी बनाउने जस्ता बिसयमा जानकारी गराउनु भयो।
त्यस्तै थाक्रे गाउँपालिका वडा नं १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले आफ्नो वडामा परियोजनालाई थप प्रभावकारी कार्यन्वयन गर्न वडाको सिङ्गो जनप्रतिनिधिहरुको समुह लागि पर्ने बताउनु भयो ।
महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना अन्तरगत वडा नं १० कि सामाजिक परिचालक तथा मनोसामाजिक विमर्षकर्ता कल्पना डंगोलले आफु प्रत्येक महिना समुहको बैठकमा जाँदा गाउँ गाउँमा रहेको दिदी बहिनी तथा आमा हरुले आफुलाई परेका विभिन्न पारिवारिक तथा सामाजिक समस्याहरु सुनाउने गरेको र आफुले ति त्यस्ता समस्या समाधान गर्न मानो विमर्ष सेवा प्रदान गरिरहेको बताउनु भयो । तेस्तै थाक्रे ९ कि सामाजिक परिचालक तथा मनोसामाजिक विमर्षकर्ता सिता पुडासैनीले पनि समुहमा भए गरेका काम र त्यसको प्रभाब कस्तो भैरहेको छ भन्ने बिसयमा जानकारी गराउनु भयो।
थाक्रे गाउँपालिकाले सञ्चालन गरिरहेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको समिक्षा तथा आगामि वर्षका योजना तर्जुमा बैठकमा थाक्रे गाउँपालिका वडा नं १० का वडा सदस्य देबेन्द्र थापा मगर ,देवकी पौडेल ,भारत लामा ,उमा सुनार ,बिधालयको प्रा अ यदु कुमार सुबेदी विभिन्न महिला समुहका अगुवाहरु, सामाजिक अगुवा तथा वडा नं १० का नागरिकहरुको सहभागीता रहेको थियो ।
थाक्रे गाउँपालिकाले सञ्चालन गरिरहेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको समिक्षा तथा आगामि वर्षका योजना तर्जुमा अन्तरक्रिया कार्यक्रम थाक्रे ९ र ८ मा पनि सम्पन्न गरिसकेको छ भने बाकि वडा हरुमा पनि निरन्तर रुपमा सञ्चालन गरिने पालिकाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस