३२६
Sharesधादिङ । थाक्रे साना किसान कृषि सहकारीले आफ्ना १८औँ साधारण सभा सम्पन्न गरेको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ को हाप्सेचौरमा रहेको उक्त सहकारीले आज सोमबार साधारणसभा गरेको हो । सहकारीको बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष शंकर तामाङले प्रस्तुत गर्नु भएको थियो ।
सहकारीमा १ करोड २४ लाख ५८ हजार १५०को सेयर रकम, ९ करोड ५७ लाख ८० हजार ७०२ रुपैँया ऋण लगानी रहेको सहकारीको कुल पूँजी तथा दायित्व १२ करोड ७८ लाख २७ हजार २६ रुपैँया कुल पूँजी सहकारीका व्यवस्थापक बलराम बस्नेतले बताउनु भयो । संस्थामा अहिले २०२ वटा समुह तथा १हजार ८१ जना शेयर सदस्य रहेका छन्। एक कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको ।
कार्यक्रमका प्रमुख अतिथि एबम थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले सनाकिसान सहकारी गाउ गाउमा पुग्ने सरकार पुग्न नसकेको ठाउमा पुग्ने किसानहरुको समस्या को माधान गर्ने स्तानिया सरकार सित सहकार्य गरि बिभिन्न काम गर्ने भएको कारण सानाकिसान सहकारीले कृषक हरुको जीवन स्तर उकास्न अहम भूमिका खेल्ने बताउनु भयो । त्यस्तै सहकारीको समुहको बैठक हुदा गाउपालिकाले गरेको कामहरुको बारेमा छलफल , संबिधानमा रहेको हक हितको बारे, बालबिबाह, बहुबिबाह लागाएतको बिषयमा पनि छलफाल गर्न आग्रह गर्नु भयो ।
सहकारीका अध्यक्ष शंकर तामाङको अध्यक्षता र थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यता, थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडाको आतित्थ्यतामा भएको साधारणसभामा नेपाल केन्द्रिय सहकारी सघंका सदस्य तथा केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, गोगनपानी साना किसान कृषि सहकारीका अध्यक्ष बद्री प्रसाद रुपाखेती, विभिन्न सहकारीका सँस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।