FLASH NEWS

सृष्टी फाउण्डेशन नेपाल र थाक्रे गाउँपालिकाकाे सहकार्यमा थाक्रे गाउपालिकामा दिवा शिसुस्याहार केन्द्र शुभारम्भ।

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष १८, सोमबार (१ साल अघि)
  • ७३९

    Shares

सृष्टी फाउण्डेशन नेपाल र थाक्रे गाउँपालिकाकाे सहकार्यमा थाक्रे गाउपालिकामा दिवा शिसुस्याहार केन्द्र शुभारम्भ।

थाक्रे – धादिङको थाक्रे गाउपालिकामा दिवा शिसुस्याहार केन्द्रको सुरुवात गरिएको छ। . आइतबार January 1st. २०२३अर्थात अंग्रेजी नया वर्ष काे विशेष अवसरमा सृष्टी फाउण्डेशन नेपाल र थाक्रे गाउँपालिकाकाे सहकार्यमा २ वर्ष भन्दा माथी र ५ वर्ष भन्दा मुनिका वालवालिकाहरुका लागि दिवा शिशु स्याहार केन्द्र थाक्रे गाउँपालिका ६ महादेववेशीमा शुभारम्भ गरिएको छ ।
घरेलु तथा आग्रा /महेश खोलामा आश्रित श्रमिकहरुको बालबालिकाहरुको लागि उक्त दिवा शिसुस्याहार केन्द्रको सुरुवात गरिएको हो।
थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले रिवन काटेर उद्घाटन गर्नु भएको उक्त केन्द्रमा पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा ( जिन्दगी ), प्रमुख प्रशासकिय अधिकृत सविन सिंह चाैधरी,सृष्टि फाउन्डेसन नेपालका अध्यक्ष एबम पुर्व थाक्रे गाउपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेती ,वडा अध्यक्षहरु श्याम चन्द्र आचार्य , श्याम थापा, विजय तामाङ, टीकाराम तामाङ, सुदर्शन पाण्डे, कार्यपालिका सदस्य एवं पुर्व वडाअध्यक्ष अमित कुमार घले, पुर्व कार्यपालिका सदस्य कुमार वैरागी लगाएत वडा सदस्यहरु सहित, पालिकाका सम्पूर्ण शाखा प्रमुखहरु तथा कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष लावण फुयाल, सिम्ले महाकाली बहुमुखि क्याम्पसका व्यवस्थापक, कृष्ण प्रसाद अर्याल, केन्द्रकाे काेठा व्यवस्थापनमा सहजीकरण गर्नु हुने रामहरी अर्याल , व्यवस्थापन गर्न उज्यालो भविष्य महिला समुहका गंगा लामा, जमुना सुवेदी लगायत विभिन्न संघ, संस्था, सहकारीका पदाधिकारी, सदस्य तथा अभिभावक, समाजसेवीहरुकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा पालिकाकाे स्वास्थ्य शाखाबाट केन्द्रमा भर्ना भएका ३६ जना वालवालिकाकाे स्वास्थ्य जाँच गरिएकाे थियाे भने स्थानिय दाताहरु दिलिप पाैडेल,सन्ताेषी डल्लाकाेटि , दिनेश रुपाखेती,सृजना , सुरेश थापा,शान्ता हमालले वालवालिकाकाे लागि कपडा, कार्पेट, स्टेशनरी, खेलसामाग्रि लगायतका सामाग्रीहरु सहयाेग उपलब्ध गराउनु भएकाे थियाे ।
कार्यक्रमका सभा अध्यक्ष समेत रहनु भएका थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले यो निकै राम्रो काम भएको र यस्ता कार्यक्रम लेराउन जरुरत रहेको पनि बताउनु भयो। यो केन्द्रले घरेलु तथा आग्रा /महेश खोलामा आश्रित श्रमिकहरुले साना बालबालिका आफ्न साथमा हुदा दिउसो कमाउन जान वा काम गर्न जान असहज हुने घरमा बालबालिकाहरु हेरेर बस्नु परेको कारण श्रम गर्न जान नपाउने भएको थियो। तर यो केन्द्र स्थापना भैसकेपछि अब आफ्नो बालबालिकाहरु दिनभरि केन्द्रमा रहने र ति बालबालिकाका आमा बुबा हरुले ढुक्कले आफ्नो काम गर्न सक्ने भएको कारण घरेलु तथा आग्रा /महेश खोलामा आश्रित श्रमिकहरुको जिबन स्तर उकासिने बताउनु भयो। साथै यो कार्यक्रमले पालिका लाइ सम्बृद्ध बनाउन सहयोग पुग्ने समेत बताउनु भयो।
त्यस्तै थाक्रे गाउपालिकाको उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि )ले पनि राम्रो कामको थालनी भएको र बिना गुनासो आउने काम गरे गाउपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो।
कार्यक्रममा सृष्टि फाउन्डेसन नेपालका अध्यक्ष एबम पुर्व थाक्रे गाउपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेतीले बिधालय उमेर पुगेका २ वर्ष भन्दा माथी र ५ वर्ष भन्दा मुनिका वालवालिकाहरुका लागि पढ्ने वानी बसाल्न र आमालाई उधमसिलता बनाउने उदेश्यले उक्त केन्द्र सुरु गरिएको बताउनु भयो।
२ जना कर्मचारी सहित दिनमा दुइ पटक पोषण युक्त खानेकुरा, खेलकुद ,मनोरंजन सहित स्याहारसुसार गर्ने गरि संचालन गरिएको र यस्तो कार्यक्रम सबै वडा तथा पालिका सहित जिल्ला भरनै बिस्तार गर्ने र उक्त कार्यक्रम बिभिन्न दानवीरहरु, संघ सस्थाको सहकार्यमा संचालन गरिने पनि रुपाखेतीले बताउनु भयो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस