FLASH NEWS

एभरेष्ट बैंकद्धारा मच्छिन्द्र माध्यमिक विद्यालयलाई २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ पौष १५, शुक्रबार (१ साल अघि)
  • ३८७

    Shares

एभरेष्ट बैंकद्धारा मच्छिन्द्र माध्यमिक विद्यालयलाई २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग

धुनिबेशी ,धादिङ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिबेशी ७ मा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहिबार एक कार्यक्रमका बिच मच्छिन्द्र माध्यामिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जडान गर्नको लागि २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।


कार्यक्रममा एभरेष्ट बैंकका सिएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलद्धारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो। विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको प्रबन्धक शेर्पाको भनाई छ।हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेको यस बैंकमा देशैभरि १२३ शाखा, ३ वटा एक्सटेन्सन काउण्टर, ७ वटा प्रादेशिक कार्यालय र १५९ एटिम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस एम एस बैँकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले बताए । उनका अनुसार बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।कार्यक्रममा बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्की, सह–प्रधानाध्यापक गोर्वद्धन गोदार, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रर्वद्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको बैँकले जनाएको छ । 

फोटो शेखर कार्की

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस