FLASH NEWS

थाक्रे ६ महादेववेसीमा विकासका लागि साझेदारी परियोजनाको समिक्षा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष १३, बुधबार (१ साल अघि)
  • १४४

    Shares

थाक्रे ६ महादेववेसीमा विकासका लागि साझेदारी परियोजनाको समिक्षा कार्यक्रम सम्पन्न

थाक्रे, धादिङ । धादिङको थाक्रे गाउपालिका ६ महादेववेसीमा सिड्स नेपाल धादिङद्धारा सञ्चालित विकासका लागि साझेदारी परियोजनाको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सन् २०२२ को जनवरीबाट सुरु भएको परियोजनाको अनुभव आदन प्रदान एवं उपलब्धि समिक्षा कार्यक्रम आज बुधबार महादेववेसीमा सम्पन्न भएको हो । विकासका लागि साझेदारी परियोजना धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २,६,७ र ११ मा एक वर्ष सञ्चालन भएको थियो। परियोजनाले सिमान्तकृत,दलित,महिला,युवा,धार्मिक र अल्पसंख्यक समुदायलाई लक्षित गरि सञ्चालन गरिएको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनु भयो। सिड्स नेपाल धादिङले गएको एक वर्षमा विभिन्न सरोकारवालाहरु वीच वडा स्तरमा संवाद,स्थानिय सरकार र सहकारी साझेदारी कार्यक्रम कार्यन्वयनका लागि निति तथा कार्यविधि निर्माण, समुदायिक शान्तिका लागि सामावेशी सहभागिता, स्तानिय सरकारका जनप्रतिनिधिहरुलाई न्यायिक समितिको तालिम र विभिन्न सीमान्तकृत जाति, धर्म,युवा र महिलाहरुको प्रतिनिधि भएको नागरिक समाज, समुहसंग नियमित बैठक लगायका कार्यक्रम सञ्चालन गरेको कार्यकारी निर्देशक रुपाखेतीले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि एबम थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले समाज रुपान्तरणमा सिड्सले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुका साथै धन्यवाद समेत दिनुभएको छ । उहाँले आगामी दिनमा पालिका सिड्स सगं मिलेर काम गर्ने समेत बताउनु भएको छ। कार्यक्रम थाके गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा,सिड्स नेपाल धादिङ का विभिन्न पधाधिकारी हरु पुर्व वडा अध्यक्ष , पालिका सदस्य, न्यायीक समिती सदस्य , शिक्षक, कल्ब हरुका प्रतिनिधि हरु लगाएत को उपस्थिति रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस