FLASH NEWS

कालिकोटमा पछिल्लो चरणमा झण्डै ५ सय क्विन्टल नुन पुग्यो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ पौष १३, बुधबार (१ साल अघि)
  • ६१

    Shares

कालिकोटमा पछिल्लो चरणमा झण्डै ५ सय क्विन्टल नुन पुग्यो

कालिकोटमा आयोडिन नुन पुगेको छ । केही दिनअघि मात्रै अभाव भएको सूचना निकालेको मान्म डिपोले अहिले नुन आइसकेको जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालय मान्ममा पछिल्लो पटक गरी ८ सय १० क्विन्टल नुन पुगेको हो । यो वर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा यसअघि ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको थियो । पहिलो चरणमा पुगेको नुन सकिएपछि डिपोले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई नुन लिन नआउन आग्रह गरेको थियो ।

आज पनि थप एक गाडी अर्थात् १ सय ७० क्विन्टल नुन आइपुग्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालयका प्रमुख डम्बरबहादुर बुढाले उज्यालोलाई जानकारी दिनुभयो । अब नागरिकले सहजै नुन पाउने उहाँको भनाइ छ ।

डिपोले नजिकका बासिन्दालाई एक पटकमा २ किलो र टाढाकालाई ५ किलो नुन दिने गरेको छ । सरकारले अनुदानमा दिएको यो नुन पाँच किलोको ४५ रुपैयाँ पर्ने गरेको छ । यसअनुसार एक पोकालाई ९ रुपैयाँ पर्ने गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस