३५
Sharesआज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।