६३२
Sharesथाक्रे- धादिङको थाक्रेको महादेबबेशीमा पालिका स्तरिय महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता भएको छ ।
थाक्रे गाउँपालिका सगंको सहकार्यमा संस्थागत विकास सञ्जाल र चन्द्रज्योती एकिकृत विकास समाज (सिड्स नेपाल धादिङ) को साझेदारीमा सञ्चालित विकासका लागि साझेदारी परियोजना अन्र्तगत थाक्रे युवा परिषदको संयोजनमा आप्रवासी कामदार दिवस एवं थाक्रे युवा परिषदको चौथो स्थापना दिवसको अवसरमा आयोजना भएको महिला तथा पुरुष ३ कि.मी दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा महिला तर्फ वडा नम्बर ७ की सुन्तु तामाङ प्रथम, वडा नम्बर ११ की सोनिका राई द्धितिय,वडा नम्बर ४ की प्रतिमा भण्डारी तृतिय र वडा नम्बर १० की लक्ष्मि विडारीले सान्त्वना स्थान हाँसिले गरेकी हुन। त्यस्तै, पुरुष तर्फ वडा नम्बर ७ का अमृत तामाङ प्रथम,वडा नम्बर ८ का अनुज सुबेदी द्धितिय, वडा नम्बर ८ कै सरोज खनाल तृतिय र वडा नम्बर ९ का दिपेश रिमालले सान्त्वना स्थान हाँसिल गरेको थाक्रे युवा परिषदका अध्यक्ष विनिता चेपाङले जानकारी दिनु भयो । प्रथम, द्धितिय,तृतिय र सान्त्वना स्थान हाँसिल गर्ने प्रयियोगिहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको हो। महिला तथा पुरुष ३ कि.मी सडक दौड प्रतियोगिता पूरुष ३१ जना र महिला २१ जनाले सहभागीता जनाएका थिए ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एबम बागमती प्रदेशका मुख्यमन्त्रि तथा संघिय सासंद राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले युवाका लागि सिप युक्त जनशक्ती बनाउने उद्देश्यले बागमती प्रदेशका १० हजार युवालाई तिन महिने तालिमको व्यवस्थापन गर्न लागेको बताउनु भएको छ । तालिम लिए पछि युवा सिपयुक्त हुने उहाँको भनाई छ ।