५०
Sharesधादिङकोे धादिङ जिल्ला अस्पतालले स्थापना दिवसको ४६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम आयोजना गरी मनाएकोे छ ।
आज सोमवार अस्पतालमा आयोजित बार्षिक उत्सव समारोह कार्यक्रमकाबिच अस्पतालमा ग्रामिण टेलिकार्डोलोजी सेवा शुभारम्भ गरिएको छ । त्यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले असल छिमेकी नेपालको सहयोगमा अस्पतालमा संचालित प्रेषण केन्द्र उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मन्त्री लामाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको भन्दै धादिङ अस्पतालको विकासको लागि आफु प्रतिबद्ध रहेको र अस्पतालले राम्रो काम गरीरहेकोले आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहाल र सूचना अधिकारी विक्रम वि.कले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको अवसरमा विभिन्न समयमा संचालित खेलकुद कार्यक्रमहरुमा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो ।साथै लामो समय काम गरेका कर्मचारीहरु, अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारी, अस्पताललाई सहयोग गर्ने संघ सस्था र सेवा निवृत कर्मचारीहरुलाइ प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
सोही अवसरमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्ष्यता भएको कार्यक्रममा धादिङबाट नवनिर्वाचित प्रदेश सांसद गोविन्द लम्साल, जिसस धादिङका प्रमुख नवराज अधिकारी,उपप्रमुख कुलमान विक, नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको बिशेष आतिथ्य रहेको थियो । साथै कार्यक्रममा बिभन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।