FLASH NEWS

सिद्धलेकलाई धादिङ जिल्ला स्तरीय पुरुष भलिबलको उपाधी

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २३, शुक्रबार (१ साल अघि)
  • १२८

    Shares

सिद्धलेकलाई धादिङ जिल्ला स्तरीय पुरुष भलिबलको उपाधी

धादिङ जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सिद्धलेक गाउँपालिकाले जितेको छ ।

सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा शुक्रबार भएको फाईनल खेलमा खनियाबास गाउँपालिकालाई ३–१ को सेटमा हराउदै सिद्धलेक गाउँपालिकाले प्रतियोगिताको उपाधी जितेको हो ।

२५–२०, २५–१२, २७–२५ र २५–२० को सेटमा सिद्धलेकले खेल जितेको हो। सेमिफाइनल खेलमा खनियाबास गाउँपालिकाले गंगाजमुना गाउँपालिकालाई र सिद्धलेक गाउँपालिकाले रुवीभ्याली गाउँपालिकाको टिमलाई हराएर फाइनलमा पुगेका थिए ।

 

बिजेता टिम सिद्धलेकलाई नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै द्धितीय भएको खनियाबासले नगद ५० हजार ५५५ ट्रफि मेडल र प्रमाणपत्र, तृतीय भएको रुवीभ्याली र गंगाजमुना गाउँपालिकाले समान नगद २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाएको छ ।

साथै प्रतियोगिताको उत्कृष्ट स्पाईकर खनियाबासका योहन तामाङ, उत्कृष्ट ब्लकर खनियाबासका मिलन घले, उत्कृष्ट सर्भर सिद्धलेकका रञ्जित थापा, उत्कृष्ट सेटर सिद्धलेकका प्रदिप थापा र सर्वोत्कृष्ट खेलाडी सिद्धलेकका अमन आलेले ट्रफि र प्रमाणपत्र पाएका छन् । विजेता खेलाडीलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले पुरस्कार प्रदान गर्नु भएको थियो ।

जिल्ला भलिबल संघ धादिङको आयोजना तथा बिभिन्न पालिका र संघसंस्थाको आयोजनामा भएको प्रतियोगितामा जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको थियो ।

भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)को अध्यक्षतामा भएको समापन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, खेलकुद विकास समिति अध्यक्ष प्रताप तामाङ, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगाएतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको बुधबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गरेका थिए ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस