FLASH NEWS

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न त्रि–पक्षीय सम्झौता

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २३, शुक्रबार (१ साल अघि)
  • १८६

    Shares

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न त्रि–पक्षीय सम्झौता

 

हेटौँडामा रहेको हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ ।

धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय गरिएको छ ।

हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले बुधवार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा आठ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सापकोटाले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस