FLASH NEWS

धुनिबेशीमा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न ७सय ९० जनाले गराए परीक्षण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २२, बिहिबार (१ साल अघि)
  • ५३४

    Shares

धुनिबेशीमा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न ७सय ९० जनाले गराए परीक्षण

धुनिबेशी,  धादिङको धुनिबेशी नगरपालिकामा निशुल्क मोतिया विन्दुको शल्यक्रिया सहितको आँखा परीक्षण शिविर सकिएको छ। धुनिबेशी नगरपालिका ,नेपाल नेत्रहिन संघ कार्यालय गोरखा र नेपाल नेत्र ज्योति संघ किर्तिपुर आँखा अस्पताल किर्तिपुर काठमाण्डौ को आयोजनामा मंसिर ११ गते देखि सुरु गरिएको शिविर २१ गते सम्म संचालन भएको थियो। उक्त शिविरमा ७सय ९० जनाको आँखा परीक्षण गरिएको छ भने मोतिया विन्दु भएको ६१ जनाको शल्यक्रिया समेत गरिएको छ ।


आँखा परीक्षण गर्दा समस्या हुने हरुको लागि निशुल्क औषधि र चस्मा पनि वितरण गरिएको धुनिबेशी नगरपालिकाका स्वास्थ साखा प्रमुख धुर्व अधिकारीले जानाकारी दिनु भयो। उक्त शिविर बिहिबार नौविशे स्वास्थ चौकीमा एक कार्यक्रम गरि समापन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एबम धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नगर पालिकाले स्वास्थ्य क्षेत्रमा आफ़ुहरुलॆ काम गरिरहेको र भोलिका दिनहरुमा अझ मुटु रोग लगाएत यस्ता बिभिन्न  जटिल रोग हरुको  पनि शिविर हरु संचालन गर्ने बताउनु भयो।

कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य , उप प्रमुख सुरज उप्रेती ,स्वास्थ साखा प्रमुख धुर्व अधिकारी,नेपाल नेत्रहिन संघ कार्यालय गोरखा र नेपाल नेत्र ज्योति संघ किर्तिपुर आँखा अस्पताल किर्तिपुर काठमाण्डौका प्रमुख तथा प्रतिनिधि डाक्टरहरु स्वास्थ्य कर्मी लगाएतको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस