FLASH NEWS

माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायीको ज्यान गयो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २१, बुधबार (१ साल अघि)
  • ५१४

    Shares

माटोको ढिस्कोले पुरिएर  निर्माण व्यवसायीको ज्यान गयो

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ८ बेनीमा आज (बुधवार) माटोको ढिस्को खसेर पुरिँदा एक जना निर्माण व्यवसायीको ज्यान गएको छ । म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणस्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका ६ घारका कृष्ण बरुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी क्याम्पसको भवन निर्माणका लागि खनिएको जगको नाप/जाँच गर्न पुगेका निर्माण व्यवसायी बरुवालको जगभन्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयाे ।

प्रहरी नायब उपरीक्षक भारतीका अनुसार माटोको ढिस्कोले पुरिएका बरुवालको डाेजरकाे सहायतामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरी बेनी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । निर्माण व्यवसायी बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुनुहुन्छ । उज्यालो अनलाइन वाट

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस