FLASH NEWS

धादिङ्ग सहित देशभर लगातार चिसो : न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झर्यो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १८, आईतबार (१ साल अघि)
  • २६२

    Shares

धादिङ्ग सहित देशभर लगातार चिसो :  न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झर्यो

धादिङ्ग सहित  देशभर लगातार चिसो बढिरहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको  छ ।

न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको छ । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक ब‍दली हुने सम्भावना छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् भट्टराईले बताउनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस