FLASH NEWS

धादिङमा आठौं धादिङ महोत्सव हुँदै

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १७, शनिबार (१ साल अघि)
  • ३५०

    Shares

धादिङमा आठौं धादिङ महोत्सव हुँदै

धादिङमा आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ । जिल्लामा भएका स्थानीय उत्पादनको प्रदर्शन तथा प्रवद्र्धन गर्ने उद्देश्यले धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौ धादिङ महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । विगतका ३ वर्षदेखि कोरोनाका कारण रोकिएको धादिङ महोत्सव यस वर्ष जिल्लाको सदरमुकाम धादिङवेशीको खुल्लामन्चमा गर्न लागेकोे हो ।

जिल्लामा रहेका स्थानीय तहको समन्वयमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवर्धन सम्वन्धी विविध कार्यक्रमहरु, स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण समेत रहने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले पत्रकार सम्मेलन मा जानकारी गराउनु भयो ।


तेस्तै खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री, जडिवुटीको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकता दिइने छ । महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिव्रता दिएको छ । महोत्सवमा १ सय २० वटा स्टलहरु रहनेछ भने १० करोड बराबरको कारोवार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको पनि आयो जकले जानकारी दिइएको छ।

फोटो केशब अधिकारि 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस