३७
Sharesप्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता माथि अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्रका आधारमा अनुसन्धान सुरु भएको प्रहरी परिसर काठमाडौंमा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता अवैध रहेको दाबीसहित यसअघि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र नेपाल फर्किएपछि पुनः त्यही नागरिकता प्रयोग गरेको भन्दै लामिछानेको नागरिकताको विषय उजूरी परेको हो ।