१५०
Sharesचन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजना सस्थागत विकास सञ्जालको साझेदारी एबं ब्रोट फर दि वल्र्डको आर्थिक सहयोगमा सञ्चालित बिकासका लागि साझेदारी परियोजना अन्र्तगत थाक्रे गाऊँ पालिका वडा नः २,११,६ र ७ वडा स्तरिय साथै पालिका स्तरमा सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिगत बर्षझै सस्थाले नियमित रुपमा सस्थाले बिभिन्न सवालमा आधारित अभियान सञ्चालन गर्दै आएकोमा यस वर्षको नारा सभ्य समाजको पहिचानका लागि कुन कुन क्षेत्रमा कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा नागरीक सचेतना केन्द्रका सदस्यहरुको बिचमा अन्र्तक्रिया को आयोजना गरिएको थियो ।
कार्यक्रमको अवसरमा वडा स्तरिय नागरीक सचेतना केन्द्र साथै पालिका स्तरिय नागरीक सचेतना सञ्जालको समेत पुर्णता दिईएको छ । १०५ जनाको सक्रिय सहभागीता रहेको कार्यक्रममा संम्बन्धित वडाका सहकारी , बिद्यालय प्रतिनिधि, महिला सञ्जाल , बिभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागीता रहको कार्यक्रमवाट वाडा स्तरिय नागरीक सचेतना समुह गठन गरिएको थियो ।
कार्यक्रम ११ गते वडा नः २ मा रामचन्द्र कार्की संयोजक सह संयोजक चन्द्रीका अर्याल सचिव सुस्मीता राई यसै वडा नः ११ मा संयोजक अर्जुन प्रसाद ओझा सह संयोजक कविता अर्याल र सचिव गोबिन्द सुबेदी २०७९ मंशिर १३ गते वडा नः ६ संयोजक जमुना सुबेदी सह संयोजक ज्ञानु बैँजु सचिव मनु थापा र वडा नः ७ संयोजक रोशन तामाङ्ग सहसंयोजक रिता थापा र सचिव बिनिता प्रजा २०७९ मंशिर १४ गते को अन्र्तरक्रियावाट पालिका स्तरिय सचेतना सञ्जालको गठन गरिएको थियो । सञ्जाल संयोजकमा बिष्णु प्रसाद पौडेल , सह संयोजक नर्मदा अर्याल र सचिवमा हरि रिजाल रहनु भएको छ ।
उक्त अन्र्तक्रियामा १०५ जना सहभागीले बिभिन्न सवालहरुमा आफ्ना बिचार राख्नु भई स्थानिय तथा प्रदेश र संघवाट संबोधन गर्नु पर्ने सवालहरुको सुची तयार गरी सम्पन्न कार्यक्रमको सहजिकरण सिड्स का कार्याकारी निर्देशक गोकर्ण रुपाखेतीले गर्नु भएको थियो ।
यसै गरी अभियान अन्र्तगत थाक्रे पालिका स्तरिय युवा परिषदको संयोजन र सिड्स धादिङको आयोजनामा २०७९ मंशिर १७ गते पालिका स्तरिय खुल्ला हाजिरीजवाफ प्रतियोगीताको आयोजना गर्ने ।
यसै गरी २०७९ मंशिर १७ र १८ गते मानवअधिकार महाभेला ( १४ औं मानव अधिकार राष्ट्रिय महाभेला २०७९ यही डिसेम्बर ८ देखी १४ सम्म विभिन्न कार्यक्रम अन्र्तगतको कार्यक्रमलाई समेत स्थानियकरण गर्न सस्थाले नागरीक सचेतना केन्द्र पालिका स्तरिय सञ्जालको संयोजनमा नेतृत्व विकास, पैरबी, सामुदायिक शान्ति र सचेतना केन्द्र सञ्जालको जिम्मेवारी र भुमिकाको बिषयमा तालिम आयोजना गरिएको अभियान अन्र्तगत डिसेम्वर १० को दिन रोडियो संबाद चलाउने योजना रहेको युवा शान्ति सहजकर्ता नानु कार्कीले अन्तर्गत टोल टोलको खबरलाई जानकारी दिनु भयो ।