१५४
Sharesपछिल्लो २४ घण्टामा धादिङका थप १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
५ जना पुरुष र ७ जना महिला गरी १२ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १ हजार २९० जना पुरुष र १ हजार १२८ महिला गरी कुल २ हजार ४१८ पुगेको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५३६, गल्छीमा १३१, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९४,त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ।
यस्तै सिद्धलेकमा ८१,ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १३ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।