FLASH NEWS

धादिङ सहित देशैभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १०१६

    Shares

धादिङ सहित देशैभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

फोटो सामाजिक संजाल

पवित्रा थापामगर, धादिङ,  धादिङ सहित देशैभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका र जिल्ला प्रहरी कार्यलय धादिङ लैंगिक हिंसा नियन्त्रण संजाल समितिको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको हो ।

कार्यक्रममा महिला हिंसा अन्त्य गरौँ समृद्ध समाज निर्माण गरौँ, लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार, घर र समाजको ऐक्यबद्धता लैंगिक हिंसा विरुद्ध सुन्य सहनशीलता, घर शान्ति नै विश्व शान्तिको आधार पुर्नःनिर्माण शिक्षा र समान व्यवहार लगायतको प्ले कार्ड समेत प्रर्दशन गरिएको थियो ।

प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले समाजमा विद्यमान रहेका लैंगिक हिंसालाई न्युनिकरण गर्न विगतमा गरिएका प्रतिवद्धतालाई समिक्षा गर्दै अभियानलाई सार्थकता दिनुपर्ने बताउनुभएको छ । त्यस्तै लैंगिक हिंसा निर्मुल पार्नका लागि स्थानिय सरकार प्रतिवद्ध रहेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताउनुभयो । यस वर्षको १६ दिने अभियानमा सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका तय गरिएको छ ।
आज देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सोहि अभियान अन्र्तगत नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त सहित शाखा प्रमुख तथा कर्मचारीहरुले म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा गरेको देखे प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता सहित हस्ताक्षर समेत गर्नु भएको थियो ।

१६ दिने अभियानको शुरुवात नेपालमा वि.सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि २०७५ साल मंसिर २ गते बसेको नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ साल मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ । भिडियो हेर्नुहोस

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस