FLASH NEWS

धादिङ–२ को प्रदेशसभा ‘२’ मा राप्रपाका डम्बर तामाङ बिजयी

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ८, बिहिबार (२ साल अघि)
  • ८८

    Shares

धादिङ–२ को प्रदेशसभा ‘२’ मा राप्रपाका डम्बर तामाङ बिजयी

धादिङ,०८ मंसिर ।
धादिङको क्षेत्र नं २ को प्रदेश सभा ‘२ ’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का डम्बर तामाङ बिजयी हुनु भएको छ ।

तामाङले १३१ को झिनो मतान्तरले विजयी हुनु हेको हो । धादिङ क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कुल ६२ हजार ९४१ मतदाता रहेकोमा २९ हजार ६७९ मत खसेको थियो । बिजयी तामाङले १४ हजार ४८१ प्राप्त गरे ।

उहाका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३५० प्राप्त गरेका थिए । यसैगरी सन्तोष कुमार तामाङ (भाले) ४२४, सेतेमान घले (करुवा) २८५,इमान तामाङ (छाता) २४३,सुन्दर तामाङ(स्वतन्त्र) ९८,मान बहादुर तामाङ (स्वतन्त्र) ९०, देवी कुमारी बुर्लाकोटी (स्वतन्त्र) ८०, शिवराम किजु (मादल) ६५, रामकृष्ण बसौला (स्वतन्त्र) ३२ मत प्राप्त गरे ।

धादिङको यस क्षेत्रमा राप्रपा र एमालेले चुनावी तालमेल थियो भने सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो । राप्रपाका तामाङ यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा उनै सिंखडासँग झिनो मतले पराजित भएका थिए । आफु निर्वाचित भएपछि तामाङले जनताका लागि विकासका काममा सबैसंग साझेदारी गरेर अघि बढ्ने बताउनु भएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस