FLASH NEWS

धादिङमा सिल ताेडिएकाे मतपेटिका भेटियपछि मतगणना स्थगित

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • २०२

    Shares

धादिङमा सिल ताेडिएकाे मतपेटिका भेटियपछि मतगणना स्थगित

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको दुईअाेटा शिल तोडिएको पाईएको छ भने बाहिर सिल भेटिएकाे भनेर राप्रपा र एमाले कार्यकर्ताहरु प्रदर्शा मा उत्रेका छन् । चार वटा केन्द्र काे मतदान गरिएकाे मतभन्दा ९२ मत पत्र भेटिएको थियाे ।
बिहान ९:३० देखि मतगणना रोकिएको छ।


गंगाजमुना मण्डली मावि-५ (क), त्रिपुरासुन्दरी गाउँ पालिका-२ वडा कार्यालय (क), खनियाबासगाउँ पालिका-४ गणेशकुण्ड मावि (ख) र रुबिभ्याली गाउँ पालिका-४ मुक्रापदेवी माविको मतगणनाका लागि तयारी गर्दा यस्ताे अवस्थामा भेटियकाे हाे ।
यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेकाे मुचुल्का आएको थियाे । मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएकाे हाे ।

तस्विर सिताराम अधिकारि धादिङ

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस