FLASH NEWS

स्याङ्जामा विवाद मिलेपछि मतदान सुरु

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • ६६

    Shares

स्याङ्जामा विवाद मिलेपछि  मतदान सुरु

विवाद मिलेपछि स्याङ्जा चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान सुरु भएको हो ।

प्रतिनिधिहरुको सम्बन्धमा सर्वदलीय बैठकमार्फत् सहमति गरिएपछि मतदान सुरु भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो।

दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको थियो । मतदान सुरु भए पछि जिल्लाका १ सय ९९ मतदान स्थलका ३ सय २१ मतदान केन्द्रमा नै मतदान शान्त रुपमा भइरहेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि स्याङ्जामा २ लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस