१५७
Sharesपछिल्लो २४ घण्टामा धादिङका थप १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ८ जना पुरुष र १० जना महिला गरी १८ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।संक्रमित मध्ये १७ जना नीलकण्ठका र १ जना सिद्धलेकका रहेका छन् ।
यो सँगै जिल्लामा हालसम्म जिल्लाका १ हजार २६३ जना पुरुष र १ हजार ९१ महिला गरी कुल २ हजार ३५४ जनामा संक्रमण पुष्टि भएको छ ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ४८४, गल्छीमा १३१, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,त्रिपुरासुन्दरीमा ८० जनामा संक्रमण भएको छ।
यस्तै ज्वालामुखीमा ७९, सिद्धलेकमा ७६, गंगाजमुनामा ३३, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १३ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।