४१९
Shares
पवित्रा थापा मगर धादिङ बेशी , प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका टिकानिधि काप्रीले जनता नै आफ्नो आधार भएकाले जनताले साथ दिने बताउनुभएको छ । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका काप्रीले आज पत्रकार सम्मेलन यस्तो बताउनुभएको हो। ठुला दलहरुले बाटो बिराएकाले दलहरुको अवस्थाको विरुद्ध उम्मेदवारी दिएकाले आफुलाई जनताले साथ दिने विश्वास व्यक्त गर्नुभएको छ । ठुला दलका नेताहरुले निर्वाचन जितेर पटक पटक अवसर पाएतापनि जिल्लाको विकास निर्माणका काममा, शुसासन कायम गर्न नसकेको पनि काप्रीले बताउनुभएको छ । त्यस्तै उहाँले ठुला दलहरुप्रति जनताको सहानुभुति नरहेको पनि बताउनुभएको छ ।