२८५
Sharesफाइल फोटो
सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।
धानको मूल्य बढेपछि किसानले केही राहत महसुस गरेका छन् । सरकारले कृषि उपजको बिक्रीको सुनिश्चितताका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । तर किसानले भने समर्थन मूल्य तोकिए पनि सरकारी कम्पनीले कोटा पूरा भइसकेको भन्दै धान खरिद नगर्ने गरेको गुनासो गर्ने गरेका छन् । न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई सरकारले प्रतिक्विन्टल एक सय १२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।