११९
Shares
आज धादिङबेशीमा बैङ्कको चर्को ब्याजदर बिरुद्ध धादिङका उद्योगी ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उद्योग बाणिज्य संघको अगुवाईमा पुछारबजार बाट बिरोध ¥याली निकाली प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैङ्कलाई ज्ञापन पत्र बुझाएका हुन ।
चर्को ब्याजदरका कारण ब्यवसायहरु धरासायी भैसकेको र कतिपय साना तथा मध्यम ब्यवसायहरु बन्द गर्नुपर्ने बाध्यता सिर्जना भैसकेको आन्दोलनमा सहभागीहरुको भनाई छ । कर्जा नीति २०७९ तुरुन्त स्थगित गरियोस्, एकल विन्दुमा ब्याजदर सीमित गरियोस्, कर्जा लगानी कम्तीमा एक वर्षपछि मात्रै ऋणिसँगको समझदारीमा ब्याजदर वृद्धि गरियोस् । बैंकले लिदै आएका सेवा शुल्क लगायतका मनोमानि शुल्क हटाईयोस् विगतमा मौद्रिक नीति मार्फत दिईदै आएका छूटहरु कायम गरियोस भन्ने मागहरु उद्योगी ब्यवसायीहरुले राखेका छन् ।
बिरोध ¥याली तथा कोणसभा कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्व अध्यक्षहरु रुद्ध बहादुर खत्रि, धुव बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । बिरोध ¥यालीमा निर्माण सामाग्री ब्यवसायी संघ,पुस्तक तथा स्टेशनरी ब्यवसायी सघ,नेपाल घरेलु तथा साना उद्योग महासंघ,अधिकृत बिक्रेता संघ लगाएत सघ÷संस्थाहरुको ऐकेबद्धता रहेको थियो ।