FLASH NEWS

डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा ६ जनाको मृत्यु, ५ जना घाईते

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २३, बुधबार (२ साल अघि)
  • १५७

    Shares

डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा ६ जनाको मृत्यु, ५ जना घाईते

डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा ६ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताएका छन ।

फोटो सामाजिक संजाल 

उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेना, नेपाल प्रहरीको टोली खटिएको छ भने थप विवरण आउन बाँकी छ ।

यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।

दूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो । घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजयी अधिकारीले खप्तङड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्द्र बनाएर भूकम्प गएको  जानकारी दिनु भएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस