FLASH NEWS

थाक्रे ९ पण्डित पौवामा रहेको गणेश, भिमसेन र सरस्वति को मन्दिरमा जात्रा लाग्दै

  • टोलटोलको खबर
  • कला/साहित्य
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २१, सोमबार (२ साल अघि)
  • १३३७

    Shares

थाक्रे ९ पण्डित पौवामा रहेको गणेश, भिमसेन र सरस्वति को मन्दिरमा जात्रा लाग्दै

फाइल फोटो

थाक्रे – धादिङ थाक्रे गाउपालिका ९ पण्डित पौवा मा रहेको गणेश, भिमसेन र सरस्वति को मन्दिरमा जात्रा हुने भएको छ। ऐतिहासिकको रुपमा रहेको उक्त मन्दिरमा विगतको वर्षझै यस वर्ष पनि यहि कार्तिक २५ र २६ गते (त्रितिया र चतुर्थी ) को तिथिमा मेला तथा जात्रा लाग्ने गणेश, भिमसेन र सरस्वति मन्दिर को गुठियारले जानकारी दिएको छ। विगत १८८० देखि चलिआयको जात्रा हरेक वर्ष कार्तिक त्रितिया र चतुर्थी को तिथिमा लाग्दै आएको छ।

 

उक्ता जात्रामा गणेश, भिमसेन र सरस्वति को तिन वटा रथ सहित त्रितिया को बेलुकी नेवारी बाजा , पन्चे बाजा सहित पुजा आजा गरि गणेश, भिमसेन र सरस्वति को मुकुट लाइ रथमा राखी मन्दिरमा लैजाने र रातभरि जागाराम बसी बत्ति बाल्ने नाचगान गर्ने गरिन्छ भने भोलिपल्ट अर्थात चतुर्थी को दिन बिहान विशेष पुजा गरि दिन भरि सिदुरे जात्रा गरि रमाइलो गर्ने गरिन्छ। तेस्तै सोहि दिन अर्थात चतुर्थीको दिन बेलुका पुन : गणेश, भिमसेन र सरस्वति को मुकुट लाइ रथमा राखी गाउ गाउमा लैजाने र महादेवको मन्दिरमा परिक्रमा गराई देवलमा लागि भित्राइने गरिन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस