FLASH NEWS

नेकपा एमालेको जित सुनिश्चित : क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलिया

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक ३, बिहिबार (२ साल अघि)
  • १६५

    Shares

नेकपा एमालेको जित सुनिश्चित  : क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलिया

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले बताउनुभएको छ । देशलाई समृद्धि र विकासको गतिमा अगाडि बढाउने अभियान नेकपा एमालेले शुरु गरेको भन्दै यसलाई पुरा गराउनका लागि पनि नेकपा एमालेको पक्षमा जनलहर देखिएको उहाले बताउनुभयो ।
नेकपा एमालेले विहिवार धादिङका विभिन्न पालिकामा आयोजना गरेको बैठकलाई सम्बोधन गर्ने क्रममा उम्मेदवार थपलियाले यस्तो बताउनुभएको हो । नेपाल बुद्धिजिवि परिषदका केन्द्रिय महासचिव समेत रहनुभएका उम्मेदवार थपलियाले आफु प्राविधिक क्षेत्रमा क्रियाशिल भएको नाताले तत्कालिन समयमा प्रधानमन्त्री केपि शर्मा ओलीको कार्यकालमा देशका सबैजसो भु भागमा प्राविधिक सेवा गर्ने मौका पाएको भन्दै अव आफ्नै जिल्लाको प्राविधिक विकासमा काम गरी जनतालाई सेवा दिन आतुर रहेको पनि बताउनुभयो ।

पार्टी कार्यकर्ताहरुलाई हौसला दिँदै उम्मेदवार थपलियाले भन्नुभयो ‘अहिले संगठन बहिलो बनाऔं, पछि खुसी मनाऔला’ । अहिले अनुमान गर्ने र विभिन्न अड्कलबाजी गर्ने समय होइन, संगठन बलियो बनाउने समय हो, उहाले भन्नुभयो । विहिबार मात्र धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख) सदस्य उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले गजुरी गाउँपालिका वडा नं.५, सिद्धलेक गाउँपालिका वडा नं.७ र बेनिघाट रोराङ गाउँपालिका वडा नं.६ (स्यादुल)मा वडा कमिटी बैठकलाई सम्बोधन गर्नुभएको थियो । सो बैठकलाई नेकपा एमाले जिल्ला कमिटिका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस