१०८
Sharesस्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १६ पुरुष र २१ महिला गरी आज ३७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८५१ ज्ना रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
गत साउन १ गतेदेखि यता ७८६ जना पुरुष र ६४५ महिला गरी जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ४३१ पुगेको हो ।
यस्तै धुनिबेशीमा ५८, गल्छीमा ४८, ज्वालामुखीमा ६२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा २० र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र बाट परिक्षण हुदैँ आएको छ ।