FLASH NEWS

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले एभर्टनलाई २–० गोलले हरायो

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ३०, आईतबार (२ साल अघि)
  • ९४

    Shares

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले एभर्टनलाई २–० गोलले हरायो

                           तस्बिर : सासामजिक संजाल 

– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनलाई हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको एभर्टनले दोस्रो हाफमा २ गोल खायो । टोटनह्यामको जितमा ह्यारी केन र पिएरे इमिलले एक/एक गोल गरे । खेलको ५९औँ मिनेटमा केनले पेनाल्टीबाट गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६औँ मिनेटमा इमिलले गोल गर्दै टोटनह्यामलाई २–० को सहज जित दिलाए ।

जितसँगै टोटनह्यामले १० खेलमा २३ अङ्क जोडेको छ । टोटनह्याम तेस्रो स्थानमा रहेको छ । समान खेलमा एभर्टन १० अङ्क जोडेर १४औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा ९ खेल खेलेको आर्सनल २४ अङ्कसहित शीर्ष र म्यानचेस्टर सिटी २३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस