६१
Sharesधादिङमा आज शनिबार थप ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २२ पुरुष र १६ महिला गरी ३८ जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।
यो सँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ३सय ११ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ७सय ३१ जना पुरुष र ५सय ८० महिला गरी कुल एक हजार ३सय ११ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७७१ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५५, गल्छीमा ४३, ज्वालामुखीमा ५८, बेनिघाट रोराङमा २२, सिद्धलेकमा ३०, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ७ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।