१८९
Sharesहरेक नागरिकको जैविक र वैयक्तिक विवरण केन्द्रीयसंग राखि सेवा सुविधा प्रवाह गर्ने प्रशउाजनका लागि राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङको गल्छी गाँउपालिकामो राष्ट्रिय परिचयपत्र सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया गरी धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्रका बनाउने अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ । राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न सम्वन्धित व्यक्तिको नागरिकता अनिर्वाय छ । यस सञ्चालन हुने अभियान गल्छी गाँउपालिकाबाट हुेन निदेर्शक कृष्ण पौडेलले बताए ।
अन्तक्रिया कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा अभियान सञ्चालन हुने र पालिका तथा जिल्ला प्रशासनले गर्नु पर्ने कामकाजका वारेमा जानकारी गराइएको थियो । शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चार वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिने लक्ष्य रहेको निर्देशक पौडेलले बताए । विभागले हालसम्म ३९ जिल्लामा अभियान पूरा गरेको र १३ जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । अभियान सञ्चालन गरिएको ५३ औ जिल्ला धादिङ हो । सवै जिल्लामा अभियान सञ्चालन हुन्छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको जानकारी गराए । २०७५ सालबाट पाँचथर जिल्ला र केन्द्रीय प्रशासनिक केन्द्र सिहं दरवारबाट शुरु भएको अभियान ५३ जिल्ला पुगेको छ । राष्ट्रिय परिचयपत्रको जविक र वेयक्तिक विवरण लिने काम ७७ जिल्ला र २३ क्ष्लाका प्रशासनबाट नियमित भइरहेको छ ।
अभियान संचालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ । नागरिकता, राहदानी, सामाजिक सुरक्षा भत्ता, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्र लगायतका दुई दर्जन बढी परिचयपत्रको विवरण सरकारले एकीकृत रूपमा राष्ट्रिय परिचयपत्र समावेश गर्ने गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो निदेर्शक पौडेलले बताए । अभियानमा राष्ट्रिय परिचयपत्रको १० अंकको नम्मव दिन नसकिने भएकाले तत्काल राहदानी चाहिनेहरुले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय नै जान आग्रह गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि जहाँबाट विवरण दर्ता गरेको हो त्यहीबाट कार्ड वितारण हुने समेत कार्यक्रमा जानकारी दिए ।
वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए ।। स्थानीय जनप्रतिनिधिहरूले पनि अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । तर आकस्मिक रूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौंमा पनि व्यवस्था गरेको छ ।
गल्छी गाउँपालिकाका वडाहरुबाट अभियान सुरु गर्न लागेको हो । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीहरुको टोलीले जिल्लाका सबै वडाहरुमा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने छन् ।
तस्वीर ः धादिङको गल्छी गाउँपालिकामा आयोजना गरेको राष्ट्रिय परिचयपत्र सम्वन्धी अन्तरक्रियाका सहभागिहरु ।