FLASH NEWS

मच्छिन्द्र मा.वि. मा विद्यालय शिक्षा ,स्थानीय सरकार अनि सामुदायिक विद्यालय सुधार योजना निर्माण सहायक प्रारम्भिक बहस कार्यक्रम २०७९ सम्पन्न

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १७, सोमबार (२ साल अघि)
  • ४७८

    Shares

मच्छिन्द्र मा.वि. मा विद्यालय शिक्षा ,स्थानीय सरकार अनि सामुदायिक विद्यालय सुधार योजना निर्माण सहायक प्रारम्भिक बहस कार्यक्रम २०७९ सम्पन्न

धादिङको धुनीवेशी नगरपालिका वडा नं. ७ स्थित मच्छिन्द्र  मा.वि. मा विद्यालय शिक्षा ,स्थानीय सरकार अनि सामुदायिक विद्यालय सुधार योजना निर्माण सहायक प्रारम्भिक बहस कार्यक्रम २०७९ सम्पन्न भएको छ।


धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय बिस्तारै कमजोर बन्दै गैरहेको छन।एक पक्षमा मात्र नभई बहु पक्षमा कमजोर भएको कारण दक्ष जनशक्ति कमजोर भएको, बिद्यार्थीहरुको संख्या घाट्दै गइरहेको लगायतको विषयमा छलफल गरिएको थियो।


उक्त कार्यक्रममा अब भोलिका दिनहरुमा कसरि सामुदायिक विद्यालयहरुमा पठन पाठन गुणस्तरीय बनाउन सकिन्छ लगाएतको विषयमा पनि छलफल गरिएको थियो भने बडा दशैँ , तिहार ,नेपाल सम्बत ,छठ को अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो। उक्त कार्यक्रममा धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य , उपप्रमुख सुरज उप्रेती , वडाका वडा अध्यक्षहरु ,बिभिन्न सामुदायिक विद्यालयका संचालक समितिका अध्यक्ष तथा प्र अ हरु समाज सेवी लगायतको सहभागिता रहेको थियो।

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस