FLASH NEWS

पछिल्लो २४ घण्टामा धादिङका थप ५८ जनामा डेंगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १५, शनिबार (२ साल अघि)
  • १५८

    Shares

Post Thumbnail

पछिल्लो २४ घण्टामा धादिङका थप ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार शनिबार २४ पुरुष र ३४ महिला गरि गरी ५८ नयाँ बिरामी थपिएका छन् । योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगु बिरामीको संख्या ७सय २० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४सय ६ जना पुरुष र ३सय ११ महिला गरी कुल ७सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३सय ८०, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, बेनिघाट रोराङका २०, गल्छीका ३०, ज्वालामुखीका २३, सिद्धलेकका १३, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ३ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने लामखुट्टेको टोकाईबाट लाग्ने हुनाले संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस