२३९
Sharesसहकारीको नव निर्मित भवन निर्माणमा थाक्रे गाउँपालिकाको २० लाख र सहकारीका १११ जना शयेर सदस्यहरुबाट २ लाख ३५ हजार ७ सय ४७ रुपैयाँले भवन निर्माण गरिएको संस्थाका अध्यक्ष उर्मिला रेग्मीले बताउनु भएको छ ।सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका कोषाध्यक्ष भगवती रेग्मीले प्रस्तुत गर्नु भएको थियो ।
वि.स २०६५ सालमा २५ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ६६ लाख १९ हजार ३ सय रहेको छ । निक्षेप हिसाब ४ करोड ६१ लाख १७ हजार २ सय १६ रुपैयाँ , साधारण जगेडा कोष ६१ लाख ६५ हजार ९ सय ३ रुपैयाँ, अन्य कोष १६ लाख ९६ हजार ८५ रुपैयाँ, बाह्य ऋण ४९ लाख ६० हजार ३ सय ८६ रुपैयाँ, ऋण नोक्सानी व्यवस्था कोष २४ लाख ९९ हजार २ सय ९१ रुपैयाँ र अन्य दायित्व तथा व्यवस्था २ हजार ७ सय ९० रुपैयाँ रहेको सहकारीको जम्मा कुल पूँजी तथा दायित्व ६ करोड ८० लाख ६० हजार ९ सय ७३ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष भगवती रेगमीले बताउनु भएको छ। संस्थामा अहिले १३६० जना शेयर सदस्य रहेको सहकारीमा ८०१ जना बाल बचत कर्ता रहेका छन्।
संस्थाका अध्यक्ष उर्मिला रेगमीको अध्यक्षता रहेको कार्यक्रमा संघिय संसद भूमि त्रिपाठी थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा, बागमती प्रदेश सहकारी संघका संयोजक नेत्रराज पौडेल,फियान नेपालका अध्यक्ष तथा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, अन्य सहकारीका अध्यक्ष थाक्रेका वडा अध्यक्षहरु,सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको सहभागीता रहेको थियो ।