धादिङको धुनिबेशी ६ धार्केमा रहेको प्रभु बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। धुनिबेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिबेशी आवासिय माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको प्रभु बैंक धार्के शाखाका प्रबन्धक प्रविन कोईरालाले टोल टोलको खबर लाइ जानकारी दिनु भयो । प्रबन्धक कोईरालाले वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बारे सहभागीलाई जानकारी गराएका थिए ।