FLASH NEWS

सृष्टि फाउन्डेसन नेपालद्वा संविधान कार्यन्वयनको अवस्था र नागरिक तथा राजनीतिक अधिकार स्थापित गर्न महिलाहरूको भुमिका विषयक गोष्ठी सम्पन्न।

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ३, सोमबार (२ साल अघि)
  • १६४५

    Shares

सृष्टि फाउन्डेसन नेपालद्वा संविधान कार्यन्वयनको अवस्था र नागरिक तथा राजनीतिक अधिकार स्थापित गर्न महिलाहरूको भुमिका विषयक गोष्ठी सम्पन्न।

आज असोज ३ गते अर्थात संविधान दिवस । संविधान जारी भएको आज सात वर्ष पुराभएर ८ औ वर्षमा लागेको छ ।२०७२ असोज ३ गते आजैको दिन संविधान जारी भएको थियो । धादिङको थाक्रे गाउपालिकामा
संविधान दिवस २०७९ को विशेष अवसरमा “संविधान कार्यन्वयनको अवस्था र नागरिक तथा राजनीतिक अधिकार स्थापित गर्न महिलाहरूको भुमिका” विषयक परामर्श गाेष्ठि सम्पन्न भएको छ ।
सृष्टि फाउन्डेसन नेपालको आयो जनामा भएको उक्त गोष्ठी मा संविधानको मौलिक हकमा भएका धारा हरुको विषयमा जनकारी तथा छलफल गरिएको थियो ।


८ वटा दियो बालेर कार्यक्रमका प्रमुख अतिथि एबम थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्नु भएको उक्त गोष्ठीमा सहभागी हरुले आफुले भोगेका कुरा र अब गर्नु पर्ने कुराहरुको विषयमा छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एबम थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले संबिधान दिवसको अवसरमा शुभकामना दिनुहुदै नेपालको संबिधान निकै राम्रो र उत्कृष्ठ भएकोले संबिधानमा रहेको कानुनको आधारमा रहेर संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूलाइ लिएर पालिकाले तेही अनुरुप काम गरिरहेको बताउनु भयो। तेस्तै पालिकाका बिभिन्न वडा अध्यक्ष हरुले पनि आ आफ्नो शुभकामना दिनु भएको थियो।

कार्यक्रका सभाअध्यक्ष एबम सृष्टि फाउन्डेसन नेपालका अधक्ष्य अम्बिका रुपाखेतीले पनि फाउन्डेसनको तर्फबाट शुभकामना दिनुहुदै फाउन्डेसनले गर्ने काम र संबिधानमा उल्लेख भएका धाराहरुमा महिला हरुले पाउने हकको बिषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रमा पालिकाका अध्यक्ष रामकुमार आचार्य बिभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु , बिभिन्न सहकारी तथा समुहका प्रमुख तथा प्रतिनिधि महिलाहरु लगायत सहभागिता रहेका थिय।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस