१४५
Sharesधादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको गुडस्टार्ट इङ्लिस स्कुलमा क्रियाशिल शुभारम्भ बालक्लबको पुर्नगठन गरिएको छ । कक्षा ९ मा अध्ययनरत छात्र आर्यन श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय बालक्लब कमिटी गठन गरिएको स्कुलका प्रिन्सिपल हर्क लामाले जानकारी दिनुभयो ।
यस्तै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरुको सहमतीमा स्कुल क्याप्टेनमा सुमन घले र सह क्याप्टेनमा स्वस्तिका गोलेलाई चयन गरिएको प्रिन्सिपल लामाको भनाई छ । विद्यालयमा सञ्चालित यस्ता गतिविधीले विद्यार्थीहरुलाई तार्किक, सिर्जनशिल र नेतृत्व क्षमताको विकासमा सघाउ पुग्ने विद्यालयले जनाएको छ ।