१२४
Sharesथाक्रे गाउँपालिका वडा नम्बर १० मा मातातीर्थ औंसीको सुअवसरमा जेष्ठ नागरिक (आमा, बुवा) सम्मान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
थाक्रे १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेको सभा अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका बिशेस अतिथि एबम प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले औंसीको सुअवसरमा उपस्थित जेष्ठ नागरिक (आमा, बुवा) हरुलाई शुभकामना दिदै निकै महत्वपूर्ण दिनमा आफ्नो आमा बाबु नभएपनि एति धेरै आमा बाबाको माझ औंसीको दिन रमाउन र शुभकामना आदानप्रदान गर्न पाउदा आफु खुसि भएको बताउनु भयो। तेस्तै उहाले यस्तो कार्यक्रमले सबै आमा बाबा हरुको सम्मान हुने समेत बताउनु भयो।
यस्तै कार्यक्रमका प्रमुख अथिति एवं थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले कार्यक्रमको शुभकामना दिनु हुदै वडा पालिकाले यस्ता महत्वपूर्ण कार्यक्रम गर्न पाउदा खुसि लागेको बताउनु भयो। औंसीको दिन बिसेस दिन भएकोले पालिका भित्रका सबै आमा बुबा हरुलाई शुभकामना ब्यक्त गर्नु हुदै यो कार्यक्रम ठुलो नभएको तर महत्वपूर्ण रहेको छ किनभने सबै आमा हरु सित सगै मनाउन पाइएको एक आपसमा सम्बन्ध बलियो भएको र जिउदा इतिहासको सुझाब सल्लाह र मार्ग निर्देशन प्राप्त हुने उहाले बताउनु भयो।
कार्यक्रमका अध्यक्ष ताहा थाक्रे १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने यस्तो कार्यक्रम बिगतका बर्ष हरुमा पनि गर्दै आएको र आगामी वर्ष हरुमा पनि गर्ने बताउनु हुदै सबै आमा र बाबा हरु प्रति सम्मान तथा शुभकामना ब्यक्त गर्नु भयो।
कार्यक्रममा वडाका वडा सदस्यहरु , कर्मचारी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ,प्रा अ लगायत जेष्ठ नागरिक (आमा, बुवा)हरुको उपस्थिति रहेको थियो।