६६
Sharesधादिङको थाक्रे गाउँपालिका ९ ले मातातीर्थ औंसीको सुअवसरमा जेष्ठ नागरिक आमा तथा एकल महिला सम्मान कार्यक्रम गर्ने भएको छ।
” जेष्ठ तथा एकल महिला राष्ट्रका सान, गरौं सबैले सम्मान भन्ने नाराको साथ् हरेक वर्ष संचालन गर्दै आइरहेको कार्यक्रम यस वर्ष पनि निरन्तरता दिदै उक्त कार्यक्रमको आयोजना गर्न लागिएको थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यले टोलटोलको खबर डट कामलाई बताउनु भयो।
कार्यक्रम यहि बैशाख १४ गते आइतबार विहान ११ बजे वडा कार्यालयमा हुने पनि आचार्यले बताउनु भयो।