२०५
Sharesम त रजस्वला भएको मान्छे
आज पनि नछोउ मलाई
किनकी म नै हु हिजो रजस्वला भएको मान्छे
आज पनि भन भान्सामा नजाउ भनेर
किनकी म नै हु हिजो रजस्वला भएको मान्छे ।
सक्छौ भने भन्देउ बच्चा नजन्माउ भनेर
किनकी म नै हु हिजो कसैले नछोएको मान्छे
बिगतलाइ हेर फर्किएर तिम्रो जन्मदाता हेर
हो उ नै तिम्रो आमा हिजो रजस्वला भएको मान्छे ।
नखाउ मैले छोएको अनि नआउ मेरो ओछ्यानमा
किनकी म नै हु हिजो तिम्ले ओछ्यानबाट अलग्याएको मान्छे
नभन आज खुट्टा छोएर पुजेन भनी
किनकी म नै हु हिजो तिम्ले नछोएको मान्छे ।
आज पनि भन मात्रै एउटा प्लेट सफ गर भनी
किनकी म नै हु हिजो अरु प्लेट छुन नहुने मान्छे
अझै भन करेसाबारिमा नजाउ, कोपिला नछोउ भनी
किनकी म नै हु हिजो करेसाबारिमा जान नहुने मान्छे ।
नभन न पुजाको लागि चोखो पात टिप भनी
किनकी म नै हु हिजो जुठो भएको मान्छे
नभन न घर लिपघस गर भनी
किनकी म नै हु हिजो लिप्नन नहुने मान्छे ।
नभन दूध दुहुनु अनि मोहि पार्नु भनी
किनकी म नै हु हिजो भैसिको थुन र ठेकी छुन नहुने मान्छे
म नै हु हिजो रजस्वला भएको मान्छे
म नै हु हिजो कसैले नछोएको मान्छे ।
हिरा लक्ष्मी श्रेष्ठ ……………….